गृह » जनजीवन माविमा चित्रकला प्रतियोगिता
कला समाचार समाज

जनजीवन माविमा चित्रकला प्रतियोगिता

खैरहनी । नोभेम्बर २० तारिख अर्थात अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा खैरहनी नगरपालिकास्थित जन जीवन माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता गरिएको छ ।
लायन्स क्लब अफ चितवन पर्सा, लायन्स क्लब अफ चितवन इस्ट, लियो क्लब अफ चितवन पर्सा र लियो क्लब अफ चितवन इष्टको संयुक्त आयोजनामा सो प्रतियोगिता गरिएको हो । विद्यार्थीहरुलाई उनीहरुको हक अधिकार के हो र कसरी पाउन सकिन्छ भन्ने विषयमा चित्रमार्फत अवगत गराइएको थियो ।
चित्रकला प्रतियोगितामा माध्यमिक तहतर्फबाट प्रथम आरती मोक्तान, द्वितीय दीपक भुजेल र तृतीय किरण भट्ट भएका छन् भने आधारभूत तह तर्फबाट प्रथम बीना दराई, द्वितीय विशाल तमाङ र तृतीय बेन्जु विक भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहिणीप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments

About the author

चितवन पोष्ट