गृह » बास्केटबलको उपाधि सैनिक विद्यालयलाई
खेलकुद

बास्केटबलको उपाधि सैनिक विद्यालयलाई

भरतपुर । चितवन रोटरी क्लब र चितवन रोट्¥याक्ट क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको भागिरथी स्मृति अन्तरविद्यालय रोटा बास्केटबल प्रतियोगिताको उपाधि सैनिक आवासीय विद्यालयले जितेको छ ।
बास्केटबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेल सैनिक आमावि र सिद्धार्थ इङ्लिस स्कुलको बीचमा भएको थियो । जसमा सैनिक आमावि ९४–५९ अंकका साथ विजयी भएको थियो । विजयी टोलीलाई २० हजारको चेक र ट्रफीले सम्मानित गरिएको थियो भने दोस्रो टोलीलाई १० हजारको चेक र ट्रफी प्रदान गरिएको कार्यक्रमका संयोजक एवम् पूर्वअध्यक्ष मन्जेश पियाले जानकारी दिए ।
बास्केटबल प्रतियोगिताको समापन कार्यक्रम चितवन रोटरी क्लबका मनोनित अध्यक्ष राजु पौडेल र चितवन रोट्¥याक्ट क्लबका अध्यक्ष जनककुमार ढकालको संयुक्त अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि भरतपुर स्थित महेन्द्र फेमस दल गणका प्रमुख सेनानी सुरेन्द्र सापकोटा रहेका थिए । कार्यक्रमका विशिष्ट अतिथि चितवन रोट्¥याक्ट क्लबका संस्थापक अध्यक्ष एवम् रोट्¥याक्ट डिसर््िटक्ट कमिटीका उपप्रमुख निरञ्जन प्रधान रहेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट