गृह » स्वर्ण पदक विजेतालाई सम्मान
खेलकुद समाचार समाज

स्वर्ण पदक विजेतालाई सम्मान

रत्ननगर । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुईवटा स्वर्ण पदक जितेका रत्ननगरका तेक्वान्दो खेलाडी सहवीरजंग रावललाई रत्ननगरमा सम्मान गरिएको छ । भारतको पन्जाबमा हालै सम्पन्न तेक्वान्दोको अन्तर्राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक विजेता रावललाई रत्ननगर जेसीजले सम्मान गरेको हो । रावलले सो प्रतियोगितामा फाईटिङ र पुम्सेमा दुईवटा स्वर्ण पदक जितेका थिए । रत्ननगरमा जारी पूर्वी चितवन महोत्सवमा रत्ननगर जेसीजले उनलाई सम्मान गरेको हो । जेसीजका अध्यक्ष सुरेशचन्द्र आचार्यसहित विशिष्ठ व्यक्तिहरुले रावललाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । रावलले खेलमार्फत अन्तर्राष्ट्रियस्तरमा चितवनलाई चिनाउन भूमिका खेलेको भन्दै महोत्सवको अवसरमा सम्मान गरिएको आचार्यले बताए ।

Comments

About the author

चितवन पोष्ट