गृह » क्रिक्रेट ट्यालेन्ट हन्ट सुरु
खेलकुद

क्रिक्रेट ट्यालेन्ट हन्ट सुरु

भरतपुर । बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता ‘एभरेष्ट प्रिमियर लिग’को टिम चितवन टाईगर्सले बिहीबार चितवनमा ‘ट्यालेण्ट हण्ट’ कार्यक्रम गरेको छ । चितवन जिल्ला क्रिकेट संघको सहकार्यमा नारायणगढस्थित क्याम्पाचौरमा ‘ट्यालेण्ट हण्ट’ कार्यक्रम भएको हो । सो कार्यक्रममा ३० जना खेलाडीले सहभागिता जनाएको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । प्रत्येक टिमले ‘ट्यालेण्ट हण्ट’ मार्फत् स्थानीय खेलाडीलाई आबद्ध गराउने निर्णय अनुरुप चितवन टाईगर्सले पनि ‘ट्यालेण्ट हण्ट’कार्यक्रम गरेको हो ।
बिहीबारको ‘ट्यालेण्ट हण्ट’ कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान राजु खड्का र पूर्व राष्ट्रिय खेलाडी दीपेन्द्र चौधरी छनौटकर्ताको रुपमा रहेका थिए । ‘ट्यालेण्ट हण्ट’ बाट हेमन्तकुमार थापा क्षेत्री, गौतम केसी, संघर्ष, दिवस पौडेल र आकाश थापा गरी पाँच जना खेलाडीको नाम सर्ट लिष्टमा परेको थियो । पाँच जना मध्येबाट व्याट्सम्यानमा आकाश थापा र फाष्ट बलरमा गौतम केसी छनौट भएको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष प्रधानले जानकारी दिए ।
आगामी पुषमा हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताका टिमहरुले ११ जना खेलाडी छनौट गरिसकेका छन् । हरेक टिमले तीन जना विदेशी खेलाडीलाई समेत अनुबन्धन गर्न पाउने प्रावधान रहेको छ । चितवन टाईगर्सको मालिक नवलपरासी निवासी किशोर भट्टराई हुन् । चितवन टाईगर्सको टिममा राष्ट्रिय खेलाडीहरु सुवास खकुरेल, पृथु बास्कोटा, दीपेन्द्रसिंह ऐरीलगायतका युवा खेलाडीहरु रहेका छन् ।

 

Comments

About the author

चितवन पोष्ट