गृह » बास्केट बलमा सैनिक र सिद्धार्थ फाइनलमा
खेलकुद समाचार

बास्केट बलमा सैनिक र सिद्धार्थ फाइनलमा

भरतपुर । चितवन रोटरी क्लब र चितवन रोट्याक्ट क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको भागिरथी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दुईवटा खेल सम्पन्न भएको छ ।
पहिलो खेल सैनिक आमावि र स्मल हेभन मोडेल स्कुलबीच भएको थियो । जसमा सैनिक आमावि ९९÷४४ अंकका साथ विजयी भएको छ । त्यसैगरी दोस्रो खेल सिद्धार्थ इङ्लिस स्कुल र सेन्ट्रल आमाविबीच भएको थियो । जसमा सिद्धार्थ इङ्लिस स्कुल ७५÷६३ अंकका साथ विजयी भएको छ ।
प्रतियोगिता रोट्याक्ट क्लब अफ चितवनका पूर्व अध्यक्ष मन्जेश पियाको संयोजकत्वमा भएको थियो । फाइनल खेल शुक्रबार सैनिक आमावि र सिद्धार्थ इङ्लिस स्कुलबीच हुने क्लबका अध्यक्ष जनककुमार ढकालले जानकारी दिए ।

 

Comments

About the author

चितवन पोष्ट