गृह » हुन्डाईको नयाँ कार बजारमा
अर्थ

हुन्डाईको नयाँ कार बजारमा

?

रतपुर । चितवनमा हुन्डाई कारको नयाँ मोडल द नेक्स्ट जेन भेरना पहिलो पटक सार्वजनिक गरिएको छ । चितवनका लागि हुन्डाई कारको आधिकारिक बिक्रेता पिनाकल ट्रेडिङ कन्र्सनले चितवनसहित मध्यनेपालका ग्राहकवर्गहरुको चाहनालाई मध्यनजर गर्दै नयाँ मोडलको गाडी सार्वजनिक गरिएको हो ।पिनाकल ट्रेडिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक ईश्वरकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार सूर्यप्रकाश कँडेलले सोमबार संयुक्तरूपमा उक्त गाडी सर्वजनिक गरेका हुन् । ४४ लाख ९६ हजार रुपैयाँ मूल्य रहेको सो गाडीको विश्वभरमा ९० लाख ग्राहक रहेको र उत्कृष्ट सेडान हुनुका साथै सर्वाधिक रूचाइएको प्रबन्ध निर्देशक श्रेष्ठले दाबी गरे ।निजी सवारी साधन बिलासिता होइन, विकासको संवाहक हो भन्ने नारासहित पिनाकलले विगत १० वर्षभन्दा अगाडीदेखि नै यहाँ हुन्डाई कम्पनीका विभिन्न मोडलका गाडी बिक्री गर्दै आएको छ । गाडीमा आकर्षक बनौट र अत्याधुनिक विशेषता तथा सुविधा सम्पन्न भएको कम्पनीले दाबी गरेको छ ।

Comments

About the author

चितवन पोष्ट