गृह » दुर्घटनामा १५ घाइते
समाचार समाज

दुर्घटनामा १५ घाइते

भरतपुर । आइतबार दिउँसो रत्ननगर नगरपालिका वडा नं.९ टिकौली स्थित पेट्रोल पम्प नजिक सडकमा भएको दुर्घटनामा १५ जना घाइते भएका छन् ।
नारायणगढबाट भण्डारा जाँदै गरेको ना २ ख ४२२६ नम्बरको लोकल मिनिबस र विपरित दिशाबाट आउँदै गरेको ना ७ ख २२०० नम्बरको तेल बोकेको ट्याङ्कर आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार १५ जना घाइते भएको चितवन प्रहरी प्रवत्ता डीएसपी प्रभु ढकालले बताए । उनीहरुको भरतपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

Comments

About the author

चितवन पोष्ट