गृह » करणी आरोपमा युवा पक्राउ
समाचार समाज

करणी आरोपमा युवा पक्राउ

भरतपुर । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनमा कास्की जिल्ला पोखरा लेखनाथ महानगर ५ बस्ने वर्ष २४ को सरोज रसाइली विरुद्ध २६ गते आइतबार जाहेरी दिएकी छन् । आरोपितलाई शनिबार २५ गते प्रहरीले गिरफ्तार गरेको थियो ।
लमजुङ सुन्दरबजार घर भएकी बालिकालाई चितवन आफन्त कहाँ आएको समयमा भरतपुर–१ पोखरा बसपार्कमा कात्तिक २४ एक होटलमा रातको समयमा करणी गरेको आरोपमा रसाइलीलाई गिरफ्तार गरेको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । बालिकालाई स्वास्थ्य परीक्षणका लागि आइतबार नै भरतपुर अस्पताल पठाइएको छ ।

Comments

About the author

चितवन पोष्ट