गृह » सिलाइ पेसाप्रति आकर्षण
अर्थ समाचार समाज

सिलाइ पेसाप्रति आकर्षण

l;nfOs6fOdf ;'Gb/ahf/sf dlxnf ;Lk l;s]/ cfTdlge{/ aGg] nIosf ;fy l;nfOs6fO l;Sb} ndh'ª ;'Gb/ahf/sf dlxnf . tl:a/ M ;Gb]z kf}8]n, ndh'ª, /f;;

नवलपुर । परियार समुदायले परम्परागत पेसाको रुपमा अंगाल्दै आएको सिलाइकटाइ पेसाप्रति अहिले सबै समुदायको आकर्षण बढेको छ ।
अहिले खसआर्य, जनजाति, दलित, मधेसी सबैले यो पेसा अलाग्ने गरेका छन् । राम्रो आम्दानीको स्रोत भएपछि सिलाइ पेसा सबैले अंगाल्दै आएका हुन् । केही समय अगाडि परियार अर्थात् दमाईले मात्र गर्ने व्यावसायमा चिनिएको टेलरिङ व्यावसाय पछिल्लो समय सबै जात सबै धर्म र सबै लिङ्गका मानिसले गर्ने पेसाको रुपमा परिचित बन्नुका साथै रोजगारीको माध्यम बनेको छ ।
पछिल्लो समय टेलरिङको व्यावसाय निक्कै फस्टाएको छ । कावासोती बजार कै कुरा गर्ने हो भने यहाँका चोकचोकमा धेरै टेलर खुलेका छन् । यहाँका धेरै यसै व्यावसायतर्फ आर्कषित बनेका छन् ।
नेपाल कपडा तथा सिलाइ व्यावसायी संघ जिल्ला कार्यसमिति नवलपरासी २०६६ सालमा स्थापना भई यस जिल्ला भित्र रहेका सम्पूर्ण जिल्लावासीहरुको इच्छा चाहाना अनुसारको नयाँ फेसन सांस्कृतिक मौलिकता झल्काउने पोशाकको आवश्यकतालाई पूरा गर्नको लागि एउटै दर रेट कायम गर्न संस्थाले विशेष भूमिका निर्वाह गर्दे आएको छ ।
पेसामा लागेर यस संघमा आवद्ध भई व्यावसायिक बन्दै सम्मानित र फेसनको दुनियामा प्रतिस्पर्धा पेसाकर्मीकोरुपमा स्थापित भएको संस्थाका रुपमा यस संस्था परिचित रहेको व्यवसायीहरु बताउँछन् । संघको मुख्य उद्देश्य भनेको व्यावसायमा लागेका सबैको आर्थिक अवस्था मजबुत गराउनको लागि र बेरोगारीमा रहेका युवायुवतीलाई रोजगारी प्रदान गर्नु रहेको नेपाल कपडा तथा सिलाइ व्यावसायी संघका राष्ट्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।
नेपाल कपडा तथा सिलाइ व्यावसायी संघका नवलपरासीका अध्यक्ष चीनबहादुर परियारले अहिले यो व्यवसायीमा केही समस्या आएको बताए । व्यवसायका लागि चाहिने कपडा नेपालमा नबन्दा विदेशबाट नै ल्याउनुपर्ने हँुदा कर धेरै तिर्नुपर्ने बाध्यता र ढुवानीमा पनि समस्या भएको उनले जानकारी दिए । उनले राम्रो सीप भएकाले एक महिनामा २० देखि ३० हजारसम्म सजिलै आम्दानी गर्न सक्ने बताए । सिलाइकटाइ व्यावसाय सरल र सहज तरिकाले स्वरोजगार बन्ने माध्यम बनेको छ । घरका कामकाजी महिलादेखि फुर्सदिला महिला तथा पुरुषहरुको रोजाई यो व्यवयाय बन्ने गरेको छ ।

 

 

Comments

About the author

चितवन पोष्ट