गृह » बास्केटबलमा सिद्धार्थ र सेन्ट्रल आमावि विजयी
खेलकुद

बास्केटबलमा सिद्धार्थ र सेन्ट्रल आमावि विजयी

भरतपुर । चितवन रोटरी क्लब र चितवन रोट्¥याक्ट क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको भागिरथी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार भएको दुई खेलमा सिद्धार्थ र सेन्ट्रल स्कुल विजयी भएका छन् ।
पहिलो खेलमा सिद्धार्थ इङ्लिस स्कुलले वाल्मीकि शिक्षा सदन लाई ६०–३५ अंकले पराजित गरेको छ । त्यसैगरी दोस्रो खेलमा सेन्ट्रल आमाविले बालकुमारी इङ्लिस स्कुललाई ४३–२५ अंकले पराजित गरेको क्लबका अध्यक्ष जनककुमार ढकालले जानकारी दिए ।

 

Comments

About the author

चितवन पोष्ट