गृह » कांग्रेससँगको सहकार्यले जित सुनिश्चित : पाण्डे
राजनीति

कांग्रेससँगको सहकार्यले जित सुनिश्चित : पाण्डे

गीतानगर । चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार बिक्रम पाण्डेले आफ्नो जित निश्चित भएको बताएका छन् ।
आइतबार भरतपुरको गीतानगरमा लोकतान्त्रिक गठबन्धनको संयुत्त प्रचारप्रसार कार्यलयको उद्घाटन गर्दै पाण्डेले आफू नेपाली कांगे्रससँगको प्राकिृतिक गठबन्धनमा रहेको बताउदै आफूलाई नेपाली कांग्रेसले जिताउने बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा भरतपुरको निर्वाचनलाई स्मरण गर्दै कांग्रेसकै सहयोगमा अप्राकृतिक गठबन्धन हँुदा रेणुले निर्वाचन जितेको बताउँदै अहिलेको गठबन्धनबाट आफ्नो जित निश्चित भएको दाबी गरेका थिए ।
सम्पर्क कार्यलय उद्घाटनको क्रममा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य रामहरि कँडेल, प्रदेशसभा ३ (क) का उम्मेदवार दिनेश कोइराला, समानुपातिक उम्मेदवार पृथ्वी गुरुङलगायतले बोलेको कार्यक्रम वडा नम्बर ६ नेपाली कांग्रेसका वडा सभापति सूर्यप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।

 

Comments

About the author

चितवन पोष्ट