गृह » सहकारीकर्मी सम्मानित
अर्थ समाचार समाज

सहकारीकर्मी सम्मानित

रत्ननगर । रत्ननगर नगरपालिका–६ बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारीले उत्कृष्ट कारोबार गर्ने सहकारीकर्मीहरुलाई सम्मान गरेको छ ।
सो संस्थाले आफ्नो १२ औं वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने ११ जनासहित अन्य विधामा सहकारीकर्मीलाई सम्मान तथा पुरस्कृत गरेको हो । संस्थाबाट उत्कृष्ट कारोबार गर्ने रत्ननगर–७ की आशकुमारी लामा, सोही वडाकी सितरमिया महतो, बालकृष्ण श्रेष्ठ, जानकी तामाङ, रत्ननगर–६ का खेमलाल सापकोटा, रत्ननगर ५ की मञ्जु चौधरी, सोही वडाकी सेनी महतो, ९ की सन्तोषी महतो, सोही वडाकी मीना चौधरी, टंककुमारी ढुंगाना र अनुशा शर्मा रिजाललाई सम्मान गरिएको हो । सो संस्थाले वृद्ध बचत सम्मान अन्तर्गत यसपटक तुलबहादुर सापकोटा र दुखनी थरुनीलाई सम्मान गरेको छ । बाल बचततर्फ सो संस्थाले प्रिती चौधरी र अंकुरन पराजुलीलाई पुरस्कृत गरेको छ ।
संस्थाले अधिकतम शेयरतर्फ ९ जना, अधिकतम बचततर्फ ३ जना, उत्कृष्ट समूहतर्फ दुई वटा समूह र एसईईमा उत्कृष्ट अंक ल्याउने ८ जना शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको संस्थाकी व्यवस्थापक ऋतु वाइवाले जानकारी दिइन् । उत्कृष्ट कर्मचारीको रुपमा यसपटक संस्थाका ऋण प्रमुख भीमप्रसाद अधिकारीलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना र सहकारीका अध्यक्ष कृष्णप्रसाद खतिवडाले उल्लेखित व्यक्तिहरुलाई सयुक्तरुपमा दोसल्ला र नगदले सम्मान पुरस्कृत गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद खतिवडाले वार्षिक कार्ययोजना, संस्थाकी सचिव विन्दा कार्कीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष खगराज रिजालले आर्थिक प्रतिवेदन तथा लेखा समितिका संयोजक हरिनारायण सुवेदीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष प्रकाश ढकाल, बाघमारा मध्यवर्ती सामुदायिक वनका सचिव सूर्यबहादुर तामाङ, हरियाली समाजका अध्यक्ष गिरिधारी चौधरी, वडा नं.६ का वडा अध्यक्ष बलराम दाहाल, ७ का वडा अध्यक्ष राजन भट्ट, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गोपीप्रसाद लम्साल, बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाकी सचिव पवित्रादेवी घिमिरेलगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष कृष्णप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शुशिला लामिछाने स्वागत मन्तव्य राखेकी थिइन् ।

Comments

About the author

चितवन पोष्ट