गृह » डान्सिङ स्टार प्रतियोगिता सम्पन्न 
कला

डान्सिङ स्टार प्रतियोगिता सम्पन्न 

खोलेसिमल । पूर्वी चितवनमा रहेका निजी विद्यालयहरुको संस्था सेबोब्स चितवनको आयोजनामा पूर्वी चितवनको खोलेसिमलस्थित सिद्धिबिनायक आवासीय माविमा भएको अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोेगितामा विभिन्न विद्यालयका ३५ विद्यार्थी सहभागी थिए । प्रतियोगितामा चित्रवन मावि पदमपुर प्रथम भयो । भिमोदय मावि पदमपुर दोस्रो भयो भने स्काइराइडर आवासीय माविका विद्यार्थी तेस्रो भए ।त्यसैगरी लाइसियम इङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

विजयी विद्यार्थीलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि कालिका नगरपालिकाकी उपप्रमुख कमला भट्टराई, विशिष्ट अतिथि प्याब्सन चितवनका उपाध्यक्ष धनप्रसाद रेग्मी, कालिका वडा नं. ६ का वडाध्यक्ष विनोद रेग्मी, विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । सेबोब्सका सल्लाहकार डा बसन्त अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सोबेब्स चितवनका अध्यक्ष एवम् सिद्धिविनायक आवासीय माविका प्राचार्य विष्णुमणि लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शंकर राना र चन्द्र कुँवरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट