गृह » विकास गर्ने प्रतिवद्धता
राजनीति

विकास गर्ने प्रतिवद्धता

भरतपुर । प्रतिनिधिसभा क्षेत्र २ का वाम गठबन्धनका उम्मेदवार कृष्णभक्त पोखरेलले विकासको मूल फुटाउनका लागि वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् ।
शनिबार आफ्नो निर्वाचन क्षेत्र भरतपुर–१२ का जनतासँग घरदैलोका क्रममा बोल्दै नेता पोखरेलले समग्र जिल्लाको विकासका लागि वाम गठबन्धन विजयी हुनुपर्ने बताए । मुनाल चोक, जागृतीचोक क्षेत्रमा दिनभरजसो घरदैलो कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा यस क्षेत्रका प्रदेश (ख) का उम्मेदवार विकासवादी नेता विजयी सुवेदीले आफूसँग विकासका थुप्रै योजना रहेको भन्दै सोही अनुसार विजयी भएको अवस्थामा काम गरिने प्रतिबद्धता जनाए ।

Comments

About the author

चितवन पोष्ट