गृह » शरदपुरमा मधुमेह परीक्षण शिविर
स्वास्थ्य

शरदपुरमा मधुमेह परीक्षण शिविर

भरतपुर । लियो क्बल अफ भरतपुरले भरतपुर महानगरपालिका–९ शरदपुरमा निःशुल्क मधुमेह परीक्षण शिविर आयोजना गरेको छ ।
त्रिपुरेश्वर टोलको सहयोगमा आयोजित शिविरमा १५० बढी सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको आयोजक क्लब अध्यक्ष अनुप भुजेलले जानकारी दिए । विश्व मधुमेह दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको शिविरमा भरतपुर अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा कल्याण सापकोटा र चिकित्सक डा सिद्धार्थ गौतमले मधुमेह परीक्षण गरी बिरामीलाई परामर्श दिएका थिए । सो क्रममा ८० जनामा मधुमेह तथा उच्चरक्तचाप देखिएको र ८ जना नयाँ रोगी फेला परेको अध्यक्ष भुजेलले जानकारी दिए ।
कार्यक्रममा भरतपुर–९ का वडाध्यक्ष यमलाल कँडेल, त्रिपुरेश्वर टोल सुधार समिति उपाध्यक्ष इन्दुराय यादवलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रम संयोजक सुरज घिमिरेले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट