गृह » विजयनगरमा स्वास्थ्य शिविर
स्वास्थ्य

विजयनगरमा स्वास्थ्य शिविर

भरतपुर । हंस बहुउद्देश्यीय सहकारी संस्थाकोे विजयनगर स्थित संस्थाको दोश्रो सेवा केन्द्रले चौथोे वर्ष पूरा गरी पाचौ वर्षमा प्रवेश गरेको अवसरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
विश्व मधुमेह दिवसको पूर्वसन्ध्यामा हंस बहुउदेश्यीय सहकारी संस्था र पुष्पाञ्जली हस्पिटलको संयुक्त आयोजना एवम् मधुमेह स्वयंसेवक समाजको सहआयोजनामा भरतपुर महानगरपालिका–१६ विजयनगर बजारको मन्दिर परिसरमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
हंस बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष चतुरमान गुरुङ प्रमुख अतिथि रहेका थिए । डा. भोजराज अधिकारी विशिष्ट अतिथि रहेको उक्त निःशुल्क स्वास्थ्य शिविरमा उनले स्वास्थ्यसम्बन्धी जनचेतनामूलक मन्तव्य राखेका थिए । कार्यक्रममा चितवन जिल्ला क्षेत्र नं ४ का पूर्वसभासद रामकृष्ण घिमिरेले विशेष सम्बोधन गरेका थिए । कार्यक्रममा मधुमेह समाजका महेन्द्र सिग्देल, मधुमेह स्वयंसेवक समाजका अध्यक्ष धर्मराज पौडेल, विजयनगर नारायणचोक बजार व्यावसायी समितिका अध्यक्ष कुवेर पाख्रिनले शुभकामना मन्तव्य राखेका थिए ।
शिविरमा पुष्पाञ्जली हस्पिटलका वरिष्ट फिजिसियन डा भोजराज अधिकारी, डा सन्दीप पाण्डे, डा तिलक सापकोटा, डा दिपेश कार्की लगायत १४ जना प्राविधिकहरुको टोलीले स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट