गृह » बास्केटबलमा तीन विद्यालय विजयी
खेलकुद

बास्केटबलमा तीन विद्यालय विजयी

भरतपुर । चितवन रोटरी क्लब र चितवन रोट्¥याक्ट क्लबको आयोजनामा सञ्चालन भइरहेको भागिरथी स्मृति अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा सनिबार भएको खेलमा सेन्ट्रल आमावि, बालकुमारी मावि र सैनिक आमावि विजयी भएका छन् ।
पहिलो खेलमा सेन्ट्रल आवासीय माविले ३१–२९ अंककासाथ ग्लोरियस माविलाई पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बालकुमारी माविले कमलदेवी माविलाई २१–१७ अंकले पराजित गरेको हो । त्यसैगरी शनिबार नै भएको तेस्रो खेलमा सैनिक आमावि र शिक्षा विकास स्कुलको रहेको थियो जसमा सैनिक आमावि १२५–९ को फराकिलो अन्तरले विजयी भएको क्लबका सहसचिव निरज खनालले जानकारी दिए ।

 

Comments

About the author

चितवन पोष्ट