गृह »  प्रहरीबाट रात्रीकालीन कार्ययोजना सार्वजनिक 
समाचार समाज

 प्रहरीबाट रात्रीकालीन कार्ययोजना सार्वजनिक 

भरतपुर । हाइवे सुरक्षा जाँच तथा सवारी चेकजाँच रात्रीकालीन कार्ययोजना–२०७४ चितवन प्रहरीले सार्वजनिक गरेको छ । कार्ययोजना २०७४ अन्तर्गत रात्रीको समयमा भरतपुर महानगरपालिका वडा नं.९ गोन्द्राङ स्थित सडकखण्डमा सवारी रोकी चालकसँग १ मिनेट, यात्रुसँग २ मिनेट कार्यक्रम सञ्चालन गर्ने चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।
चेकजाँचको क्रममा काँकडभिट्टाबाट काठमाडांै जाँदै गरेको ना ५ ख ४८४२ र ना ७ ख २१११ नम्बरको यात्रु बसका चालकहरु मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ बस्ने वर्ष ३९ को रामबहादुर थिङ, काठमाडौं चन्द्रगिरी नपा वडा नं.७ बस्ने वर्ष ४७ को प्रेमबहादुर तामाङलाई सार्वजनिक (अपराध र सजाय) २०२७ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको एसपी थापाले बताए ।

Comments

About the author

चितवन पोष्ट