गृह » धादिङमा ८६ मतदानस्थल अति संवेदनशील
समाचार समाज

धादिङमा ८६ मतदानस्थल अति संवेदनशील

धादिङ । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको लागि धादिङमा ८६ मतदानस्थल अति संवेदनशील रहेका छन् ।
१०९ मतदानस्थल रहेको धादिङमा ८६ वटा अति संवेदनशील र २३ वटा संवेदनशील मतदानस्थल रहेको धादिङका प्रहरी उपरीक्षक धु्रवराज राउतले बताए । जिल्लामा प्रत्येक मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरेर १५ देखि १७ जनासम्म सुरक्षाकर्मी खटाइने राउतले जानकारी दिए ।
निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय धादिङले मोबाइल स्ट्रायकिङ सेवा सञ्चालन गर्नेछ । जिल्लामा रहेका १३ गाउँपालिकाहरुमा २८ वटा मोबाइल टोली परिचालन गरिनेछ ।
निर्वाचनका लागि धादिङ जिल्लामा २७५ मतदान केन्द्र र १०९ मतदानस्थल निर्धारण गरिएको छ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि धादिङमा ५६ हजार ३८० जना पुरुष, ५८ हजार ९५९ जना महिला र एक तेस्रोलिङ्गी गरी दुई लाख ३३ हजार ४७५ जना मतदाता छन् । ५६ हजार ३८० जना पुरुष, ५८ हजार ९५९ जना महिला र एक जना तेस्रोलिङ्गी रहेका छन् ।

 

Comments

About the author

चितवन पोष्ट