गृह » व्याडमिन्टन प्रतियोगिता सुरू
खेलकुद

व्याडमिन्टन प्रतियोगिता सुरू

खैरहनी । खैरहनी–८ पर्सामा शुक्रबारदेखि दुई दिने जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता सुरू भएको छ ।
बिजनेश लहर साप्ताहिक पत्रिकाले आयोजना गरेको सो प्रतियोगिताको नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नम्बर १ का उम्मेदवार सुरेन्द्र पाण्डेले उद्घाटन गरे । ३२ टिमको सहभागिता रहेको सो प्रतियोगिताको पहिलो दिन ९ खेल भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार, द्वितीय हुनेलाई १५ हजार पुरस्कार प्रदान गरिने छ । त्यस्तै, उत्कृष्ठ टिमलाई नगद १० हजार, उत्कृष्ट खेलाडीलाई १० हजार बराबरको व्याड र सेमिफाइनल पुग्ने टिमलाई व्याडमिन्टनको पोशाक प्रदान गरिने विजनेश लहर साप्ताहिक पत्रिकाका प्रकाशक रामेश्वर रिजालले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट