गृह » बास्केटबलमा वाल्मीकि र सिद्धार्थ विजयी
खेलकुद

बास्केटबलमा वाल्मीकि र सिद्धार्थ विजयी

भरतपुर । चितवन रोटरी क्लब र चितवन रोट्¥याक्ट क्लबको संयुक्त आयोजनामा अन्तर विद्यालय रोटा बास्केटबल प्रतियोगितामा वाल्मीकि उच्च मावि र सिद्धार्थ स्कुल विजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा वाल्मीकि शिक्षा सदनले २८ अंकका साथ स्मलहेभन मोडल स्कुललाई पराजित गरेको थियो । दोस्रो खेल सिद्धार्थ इङ्लिस स्कुल र नारायणी पब्लिक स्कुलको बीचमा भएको थियो जसमा सिद्धार्थ इङ्लिस स्कुल ६८ अंकका साथ विजयी भएको थियो ।
भरतपुर महानगरपालिका ११ विद्यालयका सहभागिता रहेकोे प्रतियोगितालाई चितवन रोटरी क्लबका पूर्वअध्यक्ष महेन्द्रलाल प्रधानले शुभकामना मन्तव्य राख्दै उद्घाटन गरेका थिए । चितवन रोटरी क्लबका निर्वाचित अध्यक्ष कपिलबाबु खनाल र चितवन रोट्¥याक्ट क्लबका अध्यक्ष जनककुमार ढकालको संयुक्त अध्यक्षतामा प्रतियोगिता सञ्चालन भएको हो । चितवन रोट्¥याक्ट क्लबका पूर्वअध्यक्ष मन्जेश पियाले संयोजन गरेको प्रतियोगितामा चितवन रोट्¥याक्ट क्लबका संस्थापक अध्यक्ष एवम् रोट्¥याक्ट डिस्र्टिक्ट सब कमिटी उपप्रमुख निरञ्जन प्रधान विशेष अतिथि रहेका थिए । प्रतियोगिताको आजको पहिलो खेल ग्लोरियस आमावि र सेन्ट्रल इङलिस स्कुल, दोस्रो खेल बालकुमारी उमावि र कमलदेवी उमावि र तृतीय खेल आर्मी स्कुल र शिक्षा विकास बिद्यालयकाबीच हुने क्लबका सहसचिव निरज खनालले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट