गृह » रामजानकी आश्रमलाई सहयोग
अर्थ समाचार समाज

रामजानकी आश्रमलाई सहयोग

भरतपुर । लियो क्लब अफ गैंडाकोट मौलाकालिकाले शुक्रबार देवघाटको रामजानकी आश्रममा आश्रित ४५ जना बालिकाहरु र आश्रम वरिपरी ३५ वृद्धवृद्धालाई न्यायो कपडा वितरण गरेको छ ।
सोही अवसरमा आश्रममा क्लबले खानासमेत खुवाएको थियो । कार्यक्रमलाई गेट वे बिगबजार र गेट वे कावासोतीले प्रायोजन गरेका थिए । सो सहयोग कार्यक्रमको अध्यक्षता लियो क्लब अफ गैंडाकोट मौलाकालिका अध्यक्ष देवराज तिमिल्सिनाले गरेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट