गृह » पूर्वी चितवन महोत्सव आजबाट
अर्थ

पूर्वी चितवन महोत्सव आजबाट

रत्ननगर । व्यवसायिक प्रवद्र्धनको लागि आज शुक्रबारदेखि रत्ननगरमा पूर्वी चितवन महोत्सव सुरू हँुदैछ ।
नेपाल विद्युत् प्राधिकरण टाँडी नजिकैको खाली जग्गामा हुने महोत्सवको चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गर्ने छन् । उद्घाटन पूर्व रत्ननगरमा बिहान शोभायात्रा निकालिने छ । महोत्सवको तयारीको बारेमा बिहीबार आयोजकले महोत्सवस्थलमै पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पूर्वीचितवनको आर्थिक विकास र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रत्ननगर जेसीजले महोत्सवको आयोजना गरेको हो । स्थानीयस्तरमा आर्थिक विकास गर्ने, स्थानीय उत्पादनको पहिचान गरी प्रवद्र्धन गर्ने, व्यवसायिक अवसरको पहिचान र विकास गर्ने, अस्तव्यस्त अवस्थामा रहेको टाँडी बजारको व्यवसायिक चहल पहलमा वृद्धि गर्ने विवाह संस्कृति र समारोहमा देखिएका विकृतिलाई निरुत्साहित गर्न महोत्सव आयोजना गरिएको संयोजक निरज श्रेष्ठले जानकारी दिए ।
१० दिनसम्म चल्ने सो महोत्सवमा राष्ट्रिय कलाकारहरु इन्दिरा जोशी, मनोज गजुरेल, भूमिका गिरी, पशुपति शर्मा, शीतल शर्मा, रोमा न्यौपाने, शिव परियार, सुजता पाण्डे, ज्योति मगर, दिनेश काप्mले, दुर्गेश थापा, विनिता शाहीको प्रस्तुति रहने रत्ननगर जेसीजका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट