गृह » नवलपरासीमा १३ जना डेंगुका बिरामी
स्वास्थ्य

नवलपरासीमा १३ जना डेंगुका बिरामी

नवलपुर । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा डेंगु रोगको बारेमा सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम बिहीबार कावासोती नगरपालिकामा भएको छ ।
कावासोती नगरपालिका भित्रका वडा अदक्ष्य, स्वास्थ्य स्वयंसेविका तथा प्रशासकीय अधिकृतलगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कावासोती नगरपालिका प्रमुख चन्द्राकुमारी पुन प्रमुख अतिथि रहेको कार्यक्रममा बडा नम्बर ५ का वडा अक्ष्यक्ष हरि वास्तोलाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अरुणकुमार महतो डेंगु रोगलाई नियन्त्रण गर्नको लागि स्थानीय निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । गौरीशंकर प्रसादले डेंगुरोगका लक्षण, सर्ने माध्यम, बच्ने उपायका बारेमा प्रशिक्षण दिएका थिए । कार्याक्रमको सञ्चालन विश्वनाथ कँडेलले गरेका थिए ।
डेंगु एडिस एजेप्टाइ नामक दिउँसो टोक्ने पोथी लामखुट्टेले टोकेर हुने डरलाग्दो भाइरल संक्रमण हो । डेंगु सार्ने लामखुट्टेले मानिसलाई दिउँसोमा टोक्ने गर्छ । जमेको पानीमा फूल पार्ने भएकाले यसको संक्रमण प्राय वर्षाको समयमा र शहरमा बढी हुने गर्दछ । डेंगुले गर्दा शरीरको रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ । यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिँदैन । डेंगुको लक्षण संक्रमण भएको तीनदेखि चौध दिनभित्र देखिन्छ । नेपालमा २००६ सालमा पहिलो पटक डेंगुको संक्रमण भेटिएको थियो ।
त्यतिबेला ३२ जनामा भेटियो त्यसपछि २०१० मा यसको संख्यामा अत्यधिक वृृद्धि भएर ९१७ जनामा भेटिएको तथ्यांकमा उल्लेख पाइन्छ । यस्तै नवलपरासीमा २०१० मा ३८ जनामा पाइयो त्यसपछि लगातारका वर्षहरुमा डेगु ज्वरोका बिरामीहरु नवलपरासीमा भेटिएका छन् । हाल नवलपरासीमा १३ जनामा डेंगु ज्वरो भटिएको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
डेंगु ज्वरोको प्रभाव अहिले नेपालभरि नै रहेको छ । भने डेंगु ज्वरोको तथ्याङ्क हेर्दा चितवन र रुपन्देही जिल्ला डेंगुको उच्च जोखिमको जिल्लाका रुपमा देखिएको छ । केहि वर्ष यता बाट यसको प्रभाव नवलपरासीमा पनि देखिएको छ । नवलपरासीका गैंडाकोट, देवचुली, कावासोती, बर्दघाट र सुनवल नगरपालिकामा डेंगुको अत्यधिक प्रभाव रहेको जिल्ला स्वास्थ्य कार्यालयका गौरीशंकर प्रसादले बताए । लामखुट्टेको टोकाइबाट बच्न राति मात्र नभई दिउसोसमेत सुत्ने बेलामा झुलको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिने हो भने केही मात्रामा भए पनि डेंगुबाट बच्न सकिन्छ ।

 

Comments

About the author

चितवन पोष्ट