गृह » राइनो कपको उपाधि संकटालाई
खेलकुद

राइनो कपको उपाधि संकटालाई

नवलपुर । संरक्षणका लागि खेलकुद भन्ने उद्देश्यका साथ राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता–२०७४ को बिहीबार सम्पन्न फाइनल खेलबाट संकटा क्लब काठमाडांै विजयी भएको छ ।
निर्धारित समयसम्म दुवै समूहबाट १÷१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । निर्धारित समयको ७१ मिनेटमा एपीएफका जर्सी नं. २७ का हरि कार्कीले पहिलो गोल गरेका थिए भने खेलको ७६ मिनटमा संकटाका जर्सी नं. १० का विदेशी मुलका खेलाडी मार्टिन अजाजले गोल गरेपछि निर्धारित समयमा दुवै तर्फबाट १÷१ गोल भएको थियो । खेल ट्राइबेकरमा समेत ४÷४ गोल भएपछि खेल सडन डेथमा प्रवेश गरेको थियो ।
सडन डेथमा नेपाल एपीएफका खेलाडी टोप विष्टले प्रहार गरेको बल संकटाका गोल्डकिपर विनय श्रेष्ठले गोल हुनबाट जोगाएपछि संकटा राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता २०७४ को विजेता बन्न सफल भएको हो ।
विजेता संकटा क्लब काठमाडांैले नगद पाँच लाख २५ हजार ५५५, प्रमाणपत्र तथा शिल्ड बाहेक एक दिनको होम स्टेसमेत चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गर्न पाउने छन । उपविजेता नेपाल एपीएफले नगद दुई लाख ५० हजार ५५५, प्रमाणपत्र तथा शिल्ड प्राप्तगरेका छन् । नन्दभाउजु मध्यवर्ती उपभोक्ता समिति राइनो संरक्षण गोल्ड कप फुटबल प्रतीयोगिता गत कात्तिक १३ गतेबाट सुरू भएको थियो ।

 

Comments

About the author

चितवन पोष्ट