गृह » सनराइज बैँकबाट दृष्टिविहीनलाई सहयोग
अर्थ

सनराइज बैँकबाट दृष्टिविहीनलाई सहयोग

भरतपुर । सनराइज बैंककले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा २८ जना दृष्टिविहीन विद्यार्थीहरुलाई सेतो छडी तथा स्विटर वितरण गरेको छ ।
झुवानी मावि रत्ननगर ५ मा रहेको विद्यार्थीलाई उक्त सामान दिइएको हो । वडा अध्यक्ष कृष्ण महतो प्रमुख अतिथि रहेका थिए । नारायणगढ शाखाका शाखा प्रबन्धक पं्रकाश कस्तीले सामाजिक काममा सनराइज बैंक सधैँ रहने बताए ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद सापकोटाले गरेका थिए । त्यस्तै बैंकको १० औं वार्षिकोत्सवको अवसरमा नारायणगढ शाखाले चितवन मानव सेवा आश्रमा आश्रितहरुलाई फलफूल, खाद्यान्न हस्तान्तरण गरेको छ । भरतपुर शाखाका प्रबन्धक अच्युत श्रेष्ठको संयोजकत्वमा कार्यक्रम भएको बैंकका कर्मचारी विकास कार्कीले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट