गृह » पार्किन्सन रोगको प्राकृतिक उपचार
विचार स्वास्थ्य

पार्किन्सन रोगको प्राकृतिक उपचार

????????????????????????????????????

– डा. हेमराज कोइराला
hemraj.koirala@gmail.com
विश्वविख्यात बक्सर मोहमद अली, प्यालेस्टाइन राजनीतिज्ञ यासेर अराफात, जर्मन तानाशाह एडोल्फ हिटलर, चाइनिज शासक माओत्सेतुङ र पोप जोनपाल द्वितीयजस्ता विश्वविख्यात व्यक्तित्वहरुको सक्रिय जीवनमा पूर्णविराम लगाउन सफल ‘पार्किन्सन रोग’ मस्तिष्क—स्नायुहरुको क्षयको कारणले हुने रोग हो । बेलायती चिकित्सक जेम्स पार्किन्सनद्वारा सन् १८१७ मा गरिएको खोजलाई सम्मान गर्दै यस रोगलाई ‘पार्किन्सन रोग’ भनिएको हो । पार्किन्सन रोगद्वारा विश्वभर लगभग ६० लाख मानिसहरु प्रभावित भएकाले रोगलाई विशेष मह¤वका साथ सम्बोधन गर्न हरेक वर्ष ११ अप्रिलका दिन विश्व पार्किन्सन रोग दिवस पनि मनाइन्छ । मध्य मस्तिष्कमा स्थित बेसल–ग्याङ्लियाको सब्सट्यानसिया निग्रा भनिने स्नायु केन्द्रका डोपामाइन उत्पादक कोषहरुको मृत्युपश्चात् यो रोगका लक्षणहरु देखा पर्ने गर्दछ । केन्द्रीय स्नायु प्रणालीको धेरै कार्यहरुमा प्रत्यक्ष भूमिका खेल्ने डोपामाइन आफैँमा स्नायु–रसायन (न्यूरो–ट्रान्समिटर) तथा हरमोन हो । यो रसायनले मांशपेशीहरुको चाल तथा खिचाव नियन्त्रण गर्ने, पोश्चर नियन्त्रण गर्ने, अनुभूति, पे्ररणा, दण्ड, पुरस्कार, मुड, एकाग्रता, लय, ध्यान, स्मृति, सिकाइ, निद्रा र बोलीजस्ता मानसिक कार्यहरुलाई सुचारू र सन्तुलित राख्ने कार्य गर्दछ । डोपामाइन उत्पादन गर्ने कोषहरुको मृत्युपश्चात्, यो रसायनको कमीले विभिन्न किसिमका समस्याहरु आउँदछन् । अठारौँ शताब्दीमै खोज गरिएको रोग भएता पनि आजसम्म न त डोपामाइन उत्पादक कोषहरुको मृत्युको कारण पत्ता लगाउन सकिएको छ, न यो रोगको रोकथाम तथा निवारणको भरपर्दो विधि नै ।
पार्किन्सन अक्सर पचास वर्षभन्दा माथिका उमेर समूहमा देखा पर्छ । औद्योगिक देशहरुमा हरेक हजार व्यक्तिहरुमध्ये तीन जनामा यो रोग देखा परेको छ भने साठी वर्ष नाघेका मध्ये प्रतिहजार १० जना र असी वर्ष नाघेकामा प्रतिहजार ४० जना व्यक्तिहरु यो रोगद्वारा पीडित छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार आज संसारभर लगभग ६० लाख मानिसरु यो रोगद्वारा पीडित छन् ।
लक्षणहरु :
यो रोग लागेका व्यक्तिहरुमा विशेषतः हातको कम्पन, मांशपेशीहरुमा कडकता, हिँडाइ तथा चाल सन्तुलन नहुने, शरीर कुप्रिने, हिँड्न अप्ठ्यारो हुने, अनुहारको मुखाकृति, भाव र मुद्राहरु असामान्य हुने, ¥याल चुहिने, निद्रा नलाग्ने, गन्ध थाहा पाउन गा¥हो हुने, उदासी तथा खिन्नता बढ्ने, दृष्टि विकृत हुने, कुनै कुरामा एकाग्रता, लय तथा ध्यान दिन गाह्रो हुने, आवाज मसिनो हुँदै जानेजस्ता समस्याहरु देखा पर्दछन् । तौल घट्ने, कब्जियत हुने, श्वास बढ्ने, सेक्स पावर घट्नेजस्ता लक्षणहरु पनि देखा पर्दछन् । यो रोग लागेका रोगीहरु सीधा उभिन नसक्ने हुन्छन् भने रोगीका घुँडा र कुहिनाहरु पनि मोडिएका हुन्छन् । हातका औँलाहरु कपासबाट बत्ती कात्दा औँला चलाएजस्तै निरन्तर चलिरहन्छन् । हिँड्दा रोगीले लामो—लामो फड्का लिएर हिँड्न सक्दैन । जुत्ता—चप्पल घिस्रिन सक्छ । उठ्न–बस्न गाह्रो हुन्छ । हिँड्दा खुट्टाहरुसँगसँगै हात चल्दैनन् भने आँखा झिम्किने क्रमको आवृत्ति कम हुन जान्छ । खाना खान, चपाउन र भोजन निल्नमा समस्या देखा पर्न जान्छ । हिाड्न, चल्न, बाटो काट्न पनि मुस्किल हुन जान्छ । यो रोगको निधानका लागि विशेषतः केस हिस्ट्री र शारीरिक परीक्षणमै निर्भर हुनुपर्ने हुन्छ । माथि वर्णित लक्षणहरु महसुस भएको खण्डमा जतिसक्दो चाँडो चिकित्सकीय परामर्श लिनुपर्ने हुन्छ ।
जोखिममा को को छन् ? :
पार्किन्सन रोगको जोखिममा को को छन् भनेर निर्धारण गर्न सकिएको छैन, तथापि रोगद्वारा पीडितमध्ये १० प्रतिशत रोगीको परिवारका सदस्यमा पनि यो रोग पाइएको छ । त्यसैगरी, ट्राइ–क्लोरो–इथाइलिन (टिसीई) नामक पदार्थको प्रयोग गर्ने व्यक्तिहरुमा पनि यो रोग ज्यादा पाइएको छ । रोग लागेमध्येका धेरै व्यक्तिहरुको व्यक्तित्व कडा, उग्र र धे

रै सावधानी लिने खालको पाइएकाले यसलाई धेरै सावधानी लिनेको रोग पनि मानिएको छ । विशेषतः रक्षा विभागमा संलग्न व्यक्तिहरु, ठूला युद्ध लडेका सैनिकहरु, विषाक्त रसायनहरुसँग काम गर्नेहरु, ज्यादा चिन्ता र तनावग्रस्त जिवन जिउनेहरु, क्लोस्टेरोलका समस्या भएकाहरु, अनिद्राका रोगीहरु, मस्तिष्क संक्रमण तथा मस्तिष्कघातका रोगीहरु, भिटामिन डी र ई को कमी भएकाहरु, लामो समयसम्म रासायनिक औषधि खानेहरु यो रोगका जोखिम वर्गमा पर्दछन् । कारण थाहा नभए पनि डोपामाइन उत्पादन गर्ने कोषहरुको मृत्यु अक्सिडेटिभ स्ट्रेसका कारणले हुने गर्दछ ।
उपचार :
आजका मितिसम्म यो रोगको उपचार पत्ता लागिसकेको छैन । यो रोग लागेकाहरुले विशेषतः व्यक्तिगत हेरचाहमा ध्यान पु¥याउनु पर्ने हुन्छ । खासगरी हिँड्दा र डुल्दा शारीरिक सन्तुलन बिग्रन गई लड्ने तथा चोटपटक लाग्नुका साथै अन्य दुर्घटना हुन सक्ने खतरा रहन्छ । रोग लागेका व्यक्तिहरुले कहिल्यै पनि हरेस खान हुँदैन । उच्च मनोबलका साथ रोगको प्रतिकार गर्न सके सहज जीवन जिउन मद्दत मिल्दछ । रोगको निदान चाँडै हुन सके रोगीलाई विभिन्न मेडिकल, सर्जिकल तथा पुनस्र्थापना सेवा (रिह्याब्लिटेसन) जस्ता उपचार विधिहरुद्वारा केही राहत पु¥याउन सकिन्छ । विशेषतः रोगका लक्षणहरुलाई समन गर्नका लागि लेभोडोपा, कार्विडोपा र अन्य लक्षण सामक औषधिहरु तथा प्यालिडोक्टोमी, थैलामेक्टोनी र डिप–बे्रन–स्टिमुलेसनजस्ता सर्जिकल विधिहरुको प्रयोग प्रचलित छन् । ‘स्टेम–सेल’ सम्बन्धी खोज तथा अनुसन्धानहरु पनि यो रोगका लागि आशाका किरण भएर उदाएका छन् । परन्तु, यी विधिहरुको प्रयोग गरेकाहरुमा पनि रोग पूर्ण रुपमा निको हुन नसकेकाले रोगीलाई पुनस्र्थापनीय तथा प्राकृतिक उपचार विधिहरु विशेष मह¤वका साथ दिने गरिएको छ । यो रोग लागेका व्यक्तिहरुले नियमित रुपमा अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता व्यायाम विधिहरुको प्रयोग नियमित रुपमा गर्नुपर्दछ । मांशपेसीको कडकता कम गर्नका लागि स्ट्रेचिङ, सम्पूर्ण शरीरको मालिस, डिलक्स हाइड्रो मालिस, फोहोरा स्नान, स्पाइनल स्प्रेजस्ता विधिहरुसमेत लाभकारी छ । त्यसैगरी सिरोधारा, उष्णपादस्नान, मितृकास्नान, (मड वाथ) एनिमा, वैट सिट प्याकजस्ता विधिहरुले पनि ठूलो फाइदा पु¥याउँदछ । तनाव कम गर्नका लागि योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक, प्राणिक इनरजाइजिङ टेक्निक, सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन, जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक, डिप रिल्याक्सेसन टेक्निक, क्विक रिल्याक्सेसन टेक्निक, इन्स्टेन्ट रिल्याक्सेसन टेक्निकजस्ता विश्रामका विधिहरु पनि उपयोगी छन् ।
यो रोगका रोगीहरुले खानपिनमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । खानामा भिटामिन डी, ई, बी र सी पाइने त¤वहरुको विशेष समायोजन होस् । कागती पानी वा नरिवलको पानीले पनि यो रोगमा फाइदा पु¥याउँछ । यो रोग भएकाहरुले दिमागलाई लठ्याउने खाद्य तथा पेयहरुको सेवन गर्नुहुँदैन ।
(लेखक, भरतपुर—१ वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।)

Comments

About the author

चितवन पोष्ट