गृह » राइनो संरक्षण गोल्डकपको फाइनलमा संकटा
खेलकुद

राइनो संरक्षण गोल्डकपको फाइनलमा संकटा

नवलपारासी । संरक्षणका लागि खेलकुद भन्ने उद्देश्यका साथ सञ्चालित राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिताको सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा संकटा क्लब फाइनलमा प्रवेश गरेको छ ।
ब्वाइज युनियन काठमाडांै र संकटा बीचको खेलमा संकटा क्लबले २–० गोल अन्तरले विजयी भएको हो । खेलको १८ आंै मिनेटमा संकटा क्लब काठमाडांैका जर्सी नम्बर ७ का प्रकाश बुढाथोकीले पहिलो गोल गरेका थिए । खेलको ७१ मिनेटमा संकटाको तर्फबाट जर्सी नम्बर ६ का अमित तामाङले दोस्रो गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल आज मंगलबार कास्की ११ पोखरा नेपाल एपीएफ क्लब काठमाडौं बीच हुने आयोजकले जनाएको छ । राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता गत कात्तिक १३ गतेबाट सुरू भएको छ । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टिम र ए डिभिजनका क्लबहरु समावेश छन् । खेलको विजेता टिमले नगद पाँच लाख २५ हजार ५५५, प्रमाणपत्र तथा शिल्ड बाहेक एक दिनको होम स्टेसमेत चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण र उपविजेता टिमले नगद दुई लाख ५० हजार ५५५, प्रमाणपत्र तथा शिल्ड प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको आधिकारिक सञ्चार माध्यम रेडियो सामथ्र्य रहेको छ ।

 

Comments

About the author

चितवन पोष्ट