गृह » पूर्वी चितवनमा बाल अस्पताल आवश्यक : पाण्डे
समाचार समाज स्वास्थ्य

पूर्वी चितवनमा बाल अस्पताल आवश्यक : पाण्डे

रत्ननगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनमा बाल अस्पताल निर्माण गर्ने बताएका छन् ।
रत्ननगरको बकुलहरमा सोमबार निर्वाचन केन्द्रित पार्टी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले पूर्वी चितवनमा बाल अस्पताल निर्माण गरिने बताए । भरतपुर मेडिकल सिटीको रुपमा विकास भइसकेकाले अब पूर्वी क्षेत्र र वरपरका जिल्लालाई समेत केन्द्रित गर्ने उद्देश्यले १०० शैया क्षमताको बाल अस्पताल निर्माणको कार्य अगाडि बढिसकेको बताए । यो क्षेत्रको विकासको लागि आफूले सक्दो प्रयास गरेको भन्दै बाल अस्पतालको लागि जग्गा हेर्ने काम सकिएकाले यसको प्रक्रियागत काम अगाडि बढिसकेको जानकारी दिए ।
आउदो ५ वर्ष भित्रमा अस्पताललाई पूर्णरुप दिनको लागि आफूले पहल कदमी गर्ने जानकारी दिए । मंसिर २१ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा वामपन्थी गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराए दिगो विकासका योजनाहरु प्रर्याप्त मात्रामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रदेशसभा १ को २ का उम्मेदवार कृष्ण खनालले प्राथमिकताको आधारमा आफ्नो क्षेत्रमा विकास निर्माणका कामहरु गरिने बताए ।
निष्ठा र इमान्दारिताबाट काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै पूर्वी चितवनको विकास निर्माणमा योजनाबद्ध रुपमा लाग्ने उनको दाबी थियो । प्रदेशसभा उम्मेदवार दावा दोर्जे लामाले प्रदेशसभा क्षेत्रका जनताको माग अनुसार विकास निर्माणको काम गर्ने बताए । कार्यक्रममा क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटीका संयोजक जगन्नाथ थपलिया, माओवादी केन्द्रका नेता ईश्वरी भट्टराईलगायतले वामगठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराउन अपिल गरे ।

Comments

About the author

चितवन पोष्ट