गृह » ‘भरतपुर अस्पतालको विकास प्राथमिकतामा’
समाचार समाज स्वास्थ्य

‘भरतपुर अस्पतालको विकास प्राथमिकतामा’

भरतपुर । स्वास्थ्य मन्त्रालयकी सचिव डा किरण रेग्मीले भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गर्न लागेको बताएकी छन् ।
अस्पतालले दिएको सेवा प्रभावकारी भएको मूल्याङ्कन गर्दै उनले अस्पतालको विकासको लागि मन्त्रालयले प्राथमिकतामा राखेको बताइन् । उनकाअनुसार केन्द्रीय अस्पताल बनाउन पहल सुरू गरिएको जानकारी दिइन् । उनलाई भरतपुर अस्पतालका चिकित्सक तथा कर्मचारीले सोमबार अस्पतालमा स्वागत गरेका थिए । निरीक्षण गरेपछि अस्पतालको सेवा सन्तोषजनक रहेको बताउँदै अस्पतालको विकासमा मन्त्रालयले उच्च प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले बताए ।
सोही अवसरमा अस्पतालका सचिव डा रेग्मीले विभिन्न अस्पतालको विभिन्न विभागको निरीक्षण गरेकी थिइन् । ६ वर्षअघि भरतपुर अस्पतालमै कार्यरत डा रेग्मीले अस्पतालको स्तरोन्नति छिट्टै गरिने बताइन् । अस्पतालका मेसु डा रुद्रप्रसाद मरासिनीले अस्पतालको विद्यमानअवस्थावारे जानकारी गराएका थिए ।

Comments

About the author

चितवन पोष्ट