गृह » भेट्रान भलिबलमा विजयी
खेलकुद

भेट्रान भलिबलमा विजयी

माडी । दिवाकर तीर्थकुमारी खुल्ला तथा भेट्रान भलिबल प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा हिमाल क्लब चम्पानगरले निरन्तर युवा क्लब पार्वतीपुरलाई पराजीत गरेको छ । दोस्रो खेलमा न्यू किसान युवा क्लब दद्रेनीले माडी खेलकुद परिषद्लाई हराएको प्रेस संयोजक सन्तोष पनेरुले बताए ।
भेट्रानतर्फ एड्भेन्चर नेपाल माडीलाई न्यू किसान युवा क्लब दद्रेनीले हराएको छ र दोस्रो खेलमा वागÞवानी युवा क्लब कृष्णपुरले धुव्रतारा युवा क्लब माडीलाई पराजीत गरेको संयोजक पनेरुले बताए ।
तेस्रो खेलमा रातापुर स्पोर्टस् क्लबलाई हिमाल युथ क्लब चम्पानगरले पराजीत गरेको छ । चौथो खेलमा माडी नगरपालिकालाई भूपू सैनिक भरतपुरले पराजीत गरेको छ । प्रतियोगिताको पहिलो हुने टिमले नगद ७५ हजार, दोस्रो टिमले नगद ५० हजार र सान्त्वना २ समूहलाई रु २०÷२० हजार रहेको छ ।
सोमबार खुल्लातर्फ नवलपुर स्पोर्टस् एकेडेमी कावासोतीविरुद्ध कञ्चन युवा समाज, मध्यविन्दु भलिबल एकेडेमीविरुद्ध चुलो रेष्टुरेन्ट, स्याउलीवास स्पोर्टस्विरुद्ध न्यू किसान युवा क्लब दद्रेनी र मध्यविन्दु भलिबल ऐकेडेमीविरुद्ध हिमाल युवा क्लबबीच हुने प्रेस संयोजक पनेरुले बताए ।
भेट्रानतर्फ माडी खेलकुद परिषद्विरुद्ध न्यू किसान युवा क्लब दद्रेनी र वागवानी युवा समाज कृष्णपुरविरुद्ध बैरिया युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

 

Comments

About the author

चितवन पोष्ट