गृह » राइनो गोल्डकपमा नेपाल एपीएफ काठमाडौँ विजयी
खेलकुद

राइनो गोल्डकपमा नेपाल एपीएफ काठमाडौँ विजयी

नवलपरासी । संरक्षणका लागि खेलकुद भन्ने उद्देश्यका साथ राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता २०७४ को आइतबार सम्पन्न क्वाटर फाइनल खेलमा देशभक्त नवलपरासीलाई पराजीत गर्दै नेपाल एपीएफ काठमाडौँले सेमी फाइनलको यात्रा तय गरेको छ ।
आइतबार नेपाल एपीएफ काठमाडौँले देशभक्त क्लबबीच खेलमा २–० अन्तरले नेपाल एपीएफ काठमाडौँ विजयी भएको छ ।
खेलको दोस्रो हापको ३२ औँ मिनेटमा नेपाल एपीएफ काठमाडौँका जर्सी नं १० का युवराज खड्काले पहिलो गोल गरेका थिए । खेलको अन्तिम थप समय ४८ औँ मिनेटमा नेपाल एपीएफ काठमाडौँका जर्सी नं ९ का रन्जन विष्टले अर्को गोल गरेका थिए ।
योसँगै नेपाल एपीएफ काठमाडौँ सेमीफाइनलमा प्रवेश गरेको छ । नेपाल एपीएफ काठमाडौँले कार्तिक २१ गते कास्की ११ सँग प्रतिस्पर्धा गर्दैछ ।
राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत पहिलो सेमी फाइनल खेल सोमबार संकटा क्लब पोखरा र डिभाइन वाइन ब्वाइज युनियन क्लब काठमाडौँबीच हुने आयोजकले जनाएको छ ।
राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता गत कार्तिक १३ गतेबाट सुरू भएको छ । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टिम र ए डिभिजनका क्लब टिमहरु समावेश रहेका छन् । खेलको विजेता टिमले नगद ५ लाख २५ हजार ५ सय ५५, प्रमाणपत्र तथा शिल्डबाहेक एक दिनको होमस्टेसमेत चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण र उपविजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५, प्रमाणपत्र तथा शिल्ड प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको आधिकारिक सञ्चार माध्यम रेडियो सामथ्र्य रहेको छ ।

 

Comments

About the author

चितवन पोष्ट