गृह » चम्पानगरमा ३९ जनाले गरे रक्तदान
समाचार समाज स्वास्थ्य

चम्पानगरमा ३९ जनाले गरे रक्तदान

भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर १३ चम्पानगरको पाखुरीचोकमा बिहीबार खुला रक्तदान कार्यक्रम भएको छ ।
रक्तदानमा पुरुष ३५ जना र महिला ४ जना गरी ३९ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपानेले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष खीलराज रेग्मीले संस्थाको ३२ औं वार्षिकोत्सव तथा २० औं साधारणसभा एवम् १२ औं अधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गरिएको बताए ।

 

 

Comments

About the author

चितवन पोष्ट