गृह » राइनो संरक्षण गोल्डकपमा संकटा क्लब सेमिफाइनलमा
खेलकुद

राइनो संरक्षण गोल्डकपमा संकटा क्लब सेमिफाइनलमा

नवलपरासी । संरक्षणका लागि खेलकुद भन्ने उद्देश्यका साथ राइनो संरक्षण गोल्ड कप फुटबल प्रतीयोगिता–२०७४ को शुक्रबार सम्पन्न खेलमा वीरगन्ज युथ एकेडेमीलाई पराजित गर्दै संकटा ब्लबले विजयी हँुदै सेमिफाइनलको यात्रा तय गरेको छ । शनिबार संकटा क्लब वीरगन्ज युथ क्लबसँग भएको खेलमा २–० अन्तरले विजयी भएको हो । पहिलो खेलको ४३ औं मिनेटमा जर्सी नम्बर ११ का सजिन थापाले संकटा क्लबका लागि पहिलो गोल गरेका थिए ।
खेलको दोस्रो हाफको ३ आंै मिनेटमा संकटाकै तर्फबाट विदेशी मुलका खेलाडी जर्सी नम्बर १० का माटिन अजाजीले दोस्रो गोल गरेका थिए । योसँगै संकटा क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ ।
राइनो संरक्षण गोल्ड कप फुटबल प्रतीयोगिताअन्तर्गत अन्तिम क्वाटरफाइनल खेल आज आइतबार देशभक्त फुटबल क्लब नवलपरासी र एपीएफ काठमाडांै बीच हुने आयोजकले जनाएको छ ।
कात्तिक १३ गतेबाट सुरू भएको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टिम र ‘ए’ डिभिजनका क्लब टिमहरु समावेश रहेका छन् । खेलको विजेता टिमले नगद पाँच लाख २५ हजार ५५५, प्रमाणपत्र तथा शिल्ड बाहेक एक दिनको होम स्टे समेत चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण र उपविजेता टिमले नगद दुई लाख ५० हजार ५५५, प्रमाणपत्र तथा शिल्ड प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको आधिकारिक सञ्चार माध्यम रेडियो सामथ्र्य रहेको छ ।

 

 

Comments

About the author

चितवन पोष्ट