गृह » मह¤वाकांक्षी घोषणापत्रहरुलाई नियाल्दा
सम्पादकीय

मह¤वाकांक्षी घोषणापत्रहरुलाई नियाल्दा

आसन्न निर्वाचनको पूर्वतयारीस्वरुप दुई प्रमुख गठबन्धनसहितका धु्रवीकृत राजनीतिक दलहरुले अत्यन्त प्रिय लाग्ने र मह¤वाकांक्षी घोषणापत्रहरु सार्वजनिक गर्दै जनतामाझ अग्निपरीक्षामा उत्रिएका छन् । लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक भइसकेको छ भने वाम गठबन्धनको घोषणापत्र भोलि सोमबार सार्वजनिक गर्ने तयारी भइरहेको छ । तर, सञ्चारमाध्यमहरुले वाम गठबन्धनको ४७ पृष्ठ लामो घोषणापत्र आफ्नो हात पारिसकेका छन् । दुवै पक्ष संसद्मा दुईतिहाई बहुमत ल्याउने कसरत गरिरहेका छन् भने घोषणापत्रलाई विजयको राजमार्गका रुपमा चित्रण गरिएको छ । वाम गठबन्धनले विद्यालय, प्रशासनिक भवन, स्वास्थ्य चौकी, हुलाकजस्ता ठाउँहरुमा निःशुल्क इन्टरनेट सेवा पु¥याउने र पाँच वर्षमा देशभरि वाईफाई सेवा निःशुल्क गरिने कुरा आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तै, वाम गठबन्धनको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता मासिक पाँच हजार पु¥याइने, सुत्केरीलाई पाँच हजार भत्ता र रोजगार महिलालाई १४ हप्ताको सुत्केरी बिदा दिने कुरा उल्लेख गरिएको छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ र आधुनिक प्रविधियुक्त बनाइने, राजधानीको चक्रपथमा आगामी पाँच वर्षभित्र रेलसेवा सञ्चालन गर्ने तथा मुख्य सहरमा मेट्रो, मोनो रेल र ट्रमा तथा सेवा सञ्चालन गरिने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरिएको छ । समष्टिमा भन्नुपर्दा यो घोषणापत्रमा उल्लेख गरिएका विकासका कुराहरु पूरा गर्न पर्याप्त मात्रामा स्रोत र साधनको आवश्यकता पर्ने कुरालाई वाम गठबन्धनले अवश्य पनि भुल्ने छैन ।
यसैगरी, लोकतान्त्रिक गठबन्धनले पनि अर्थतन्त्रको आकार १० वर्षमा एक सय खर्बको हाराहारीमा पु¥याइने लाखौँको संख्यामा रोजगारीको अवसर सिर्जना गर्ने तथा वार्षिक पाँच खर्बबराबरको विदेशी लगानी भित्र्याइने, १० वर्षमा गरिबीलाई ३ प्रतिशतमा झार्ने तथा कुपोषण र भोकमरी निर्मूल पार्ने कुरा आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै, आगामी १० वर्षमा पाँच ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने तथा प्रत्येक वर्ष ३२ लाखभन्दा बढी पर्यटकहरुलाई नेपाल भित्र्याएर पर्यटन उद्योगमा ५० लाखसम्मको प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने भनिएको छ । पढ्दा र सुन्दा आकर्षक लाग्ने यी दुवै गठबन्धनका घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरु पूरा गर्न भने त्यति सजिलो अवश्य पनि छैन । चुनाव जितेर सत्तामा जानका लागि विकासका आकर्षक शब्दावलीहरु प्रयोग गरेर घोषणापत्र तयार गर्नु दलहरुको बाध्यता पनि हो ।

Comments

About the author

चितवन पोष्ट