गृह » रोशनी भएन
साहित्य

रोशनी भएन

— चितवन शिखरबास

सहस्र प्यासीहरु प्यास मेटाउन
घरबाट निकै टाढा
पूर्णिमाको शीतल कोमल छहारीमा
प्रवेश भएका थिए
यौवनको नशामा लद्धिँदै उन्मुक्त हुन
तर, चन्द्रमामा अकस्मात् कालो बादल छायो
सबैको मनमा भय र त्रास जाग्यो
रोशनी नहुनाले हाँसीखुसीको वातावरण
सेलाएर चिसो भयो
प्रेमी र प्रेमिकाहरु उदास भए
मादक अनुभूतिमा डुब्नेहरु हतास भए
प्रियतमाबाट रोमान्टिक आवाज आएन
हृदयमा प्यारको अंकुर छाएन
प्यार र रोमान्सको संसारमा
नवयुवक र नवयुवतीहरु उत्तेजित हुन पाएनन्
अँध्यारोमा मुस्किलले
बासना मात्र सम्पन्न गराउन
सबै जना प्रत्येक पल बेहोस हुँदै गए
तत्क्षण नै कामदेवहरु शिथिल भए ।

 

Comments

About the author

चितवन पोष्ट