गृह » सात हाइकु
साहित्य

सात हाइकु

– आरती रची कोइँच

मनमा चोट
इतिहास पल्टियो
कथा फेरेर

सिन्दूर पोते
ममतामा कमी छ
पासोको डोरी

दिलको बारी
झाँगियो मायाबीज
बलियो बार

थाकेको छैन
पर्खेको छ सागर
बगेको खोला

अँधेरी रात
प्रेतआत्माको डर
आफ्नै पो छाया

रसिलो फल
मुटुको कुनाभरि
फलेछौ तिमी

मनको कुरा
बिट मार्न नपाई
चुँडियो डोरी

 

Comments

About the author

चितवन पोष्ट