गृह » साइकल साथी
साहित्य

साइकल साथी

— गुरूप्रसाद न्यौपाने ‘सुशील’
धूवाँ धूलो ध्वनिरहित साइकल हो साथी
हामीलाई स्वस्थ राख्ने सधैँ सम्झौँ साथी

शरीरका अंगहरु स्वस्थ राख्ने साथी
साइकलको गुनलाई मनमा राखौँ साथी

मानवहित राष्ट्रहित गर्छ साइकलले
धूवाँ धूलो ध्वनिबीच हाँकी राख्छन् सबले

संसारभरि घुम्ने साधन साइकल बन्यो साथी
साढे पाँच फन्को मारी पुरस्कार पुगे माथि

संसारभरि नाम राख्न साइकल बन्यो साथी
यसको संरक्षण गर्नलाई दबाब दिऔँ माथि

साइकललाई छुट्टै लेन चाहियो देशैभरि
बजाऊँ शंख दबाब दिन दौडौँ देशैभरि

 

Comments

About the author

चितवन पोष्ट