गृह » मनस्थिति
साहित्य

मनस्थिति

— लालकुमार श्रेष्ठ
कलेज नपुगेको कलम
टोलटोलमा आवाज
र जनमानसमा उमंग छ
तीन नेताहरु मिलेको पाउँदा
समग्रमा मन सन्तुष्ट छ
घर्किएको समयलाई रोक्न सक्दैनौँ
मक्किएको हाँगोले धान्न सक्दैन त
विगत विगत भन्नु पनि
सकारात्मकताको बाधक भन्नु
समय सान्दर्भिक हुन्छ कि
नीति नभएको अवस्थामा
सार्थकता पाउने आशामा
अस्थिरताले पिँधिएका जनताको
मनस्थितिले
स्थिरता पाउने सोच्नु पनि
अन्यथा हुँदैन होला
धेरै बुझिसक्यो जनताले
अब तीन नेताहरुको
राष्ट्रिय चिन्तनबाट
राष्ट्रको समुन्नति हुनेछ
र जनताको राष्ट्रियता
सक्षम बन्ने छ भन्नु पनि
एकांकी हुँदैन कि
जनताले पाँच वर्ष हेर्नेछ
देशले एउटा स्थिर सरकारको
परिकल्पना मात्र नभई
यथार्थमा पाउने चाहना पनि
परिपूर्ति हुनेछ भन्ने विश्वास पनि
एक्लो हुँदैन कि !

 

Comments

About the author

चितवन पोष्ट