गृह » (कविता)
साहित्य

(कविता)

— हवन ढकाल
प्रकृतिका हावापानी
तराई पहाड हिमाल
हरियाली दृश्य भूमि
हाम्रै देश नेपाल

बुद्ध जन्मभूमि देश
स्वतन्त्रता अल्लि कम
कुहुकुहु कोइली बोल्ने
हरियाली वातावरण

हरियाली जताततै
शान्त सुन्दर हाम्रो देश
बहजाति भाषा, धर्म
संस्कृति र बहुभेष

जबसम्म चन्द्रसूर्य
गगनमा रहन्छ
तबसम्म नेपालको शान
विश्वभरि रहन्छ

हरियाली डाँडाकाँडा
पहाड हाम्रै देशमा
चट्ट सुहाउँदो ढाका टोपी
नेपालीको केसमा

सारै राम्रो देवता सरी
नेपालीको मन छ
नेपालको धनको सट्टा
हरियाली वन छ

सुनखानी हाम्रै देशमा
अग्ला अग्ला हिमाल
नेपालीलाई सुहाउने
दौरा र सुरूवाल

नेपाली भई नेपालको
शुभ सोच्नुपर्छ
दुःख सोचे दुःखै हुन्छ
सुख सोच्नुपर्छ

प्रकृतिका हावापानी
तराई पहाड हिमाल
हरियाली दृश्य भूमि
हाम्रै देश नेपाल
(कक्षा १२, बालकुमारी माध्यमिक विद्यालय)

 

Comments

About the author

चितवन पोष्ट