गृह » चलचित्र ‘हुर्रे’को पोष्टर सार्वजनिक
कला

चलचित्र ‘हुर्रे’को पोष्टर सार्वजनिक

भरतपुर । नेपाली कथानक चलचित्र हुर्रेको फस्टलुक पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुक पोष्टरमार्फत पात्र परिचय गराइएको छ । पोष्टरमा फिल्मका कलाकारहरु अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन् । यी सबै कलाकारको फिल्मी लुकलाई पनि पोष्टरमा देख्न सकिन्छ ।
कमेडी जनराको फिल्ममा लेखन तथा निर्देशन यम थापाको रहेको छ । दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’ मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको फिल्ममा सहनिर्माताको रुपमा अरुण सेडाईं रहेका छन् । फिल्मको सार्वजनिक फस्टलुकमा अनुप अन्य फिल्मभन्दा केही भिन्न देखिएका छन् ।

 

Comments

About the author

चितवन पोष्ट