गृह » फेशन शो प्रतियोगिता
कला समाचार समाज

फेशन शो प्रतियोगिता

भरतपुर । चितवन इड्डलिस आवासीय माध्यमिक विद्यालय क्षेत्रपुरमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन र सांस्कृतिक भेषभुषाको संवद्र्धनका लागि ट्यालेन्स शो एवम् कल्चरल फेसन शो प्रतियोगिता हालै सम्पन्न भएको छ ।
विद्यालयका संरक्षक प्राचार्य केशवकुमार श्रेष्ठको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गायत्री श्रेष्ठको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा ८५ जना विद्यार्थीले भाग लिएका थिए ।
प्रतियोगी विद्यार्थीमध्ये ट्यालेन्ट शो तर्फबाट कक्षा ६ की छात्र आइशा शेक प्रथम (ब्लु हाउस), कक्षा ५ की छात्रा प्रकृति भुजेल द्वितीय (ग्रीन हाउस), कक्षा ७ की छात्रा रेश्ना आले तृतीय (पिड्ढ हाउस) र कक्षा १० का छात्र अञ्जन गिरी र मारिया गुरुङ (ब्लु हाउस) ले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।
यस्तै फेशन शो तर्फबाट कक्षा १० का छात्र सलोन पुडासैनी र प्रथम श्रेष्ठ प्रथम (पिड्ढ हाउस), कक्षा १० का छात्रा प्रलिशा बराली र छात्र प्रयाग प्रधान द्वितीय (ग्रीन हाउस), कक्षा १० की छात्रा मारिया गुरुङको समूह तृतीय (ब्लु हाउस) र कक्षा १० का छात्र विवेक सागर र रोहित राना (म्यारुन हाउस) सान्त्वना पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा निर्णायकको भूमिका विद्यालयका शिक्षक भरतप्रसाद सापकोटा, नृत्य शिक्षक सुदीप राना तथा भूतपूर्व विद्यार्थी सिर्जना ताम्राकारले गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट