गृह » नेपालकै ठूलो रंगोली बनाएको सापकोटाको दाबी
समाचार समाज

नेपालकै ठूलो रंगोली बनाएको सापकोटाको दाबी

भरतपुर । भरतपुर–४ निवासी सुदन सापकोटाले लंकू खुकुरीचोकमा करीब ६ धुरमा १७ किसिमका रंगबाट नेपालकै ठूलो रंगोली बनाउको दाबी गरेका छन् ।
नेपाली कला संस्कृति जोगाउनको लागि आफूले ठूलो रंगोली बनाएको सापकोटाले बताए ।
सो बनाउन करीब ६ दिन समय लागेको उनले जानकारी दिए । आफ्नै मौलिक डिजाइनमा सो रंगोली तयार गरिएको उनले बताए । विगत १२ वर्ष देखि रंगोली बनाउदै आएका उनले पहिलो पटक यति ठूलो रंगोली बनाएको उनको जिकिर थियो ।
सापकोटा चितवन सरसफाई अभियानको अभियान्ता पनि हुन् ।

 

Comments

About the author

चितवन पोष्ट