गृह » बलिउडका चर्चित गायक अंकित क्याम्पाचौरमा आउने
कला

बलिउडका चर्चित गायक अंकित क्याम्पाचौरमा आउने

भरतपुर । बलिउडका चर्चित पाश्र्व गायक तथा संगीत निर्देशक अंकित तिवारी पहिलो पटक नारायणगढको क्याम्पाचौरमा कात्तिक ६ गते हुने कन्सर्टमा आउने भएका छन् ।
जजी इन्टरटेनमेन्टले बुधबार चितवनमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । कन्सर्टमा आफ्नो प्रस्तुति दिन र उनकै नयाँ एल्बम ‘तुम हर दफाह’ को प्रमोसनको लागि चितवन आउन लागेको आयोजक कमिटीका सदस्य सन्दिप झाले बताए ।
जजी इन्टरटेनमेन्ट एण्ड नवीन उपाध्यायको प्रस्तुतिमा हुने चितवन म्युजिक फिस्टामा तिवारीको प्रस्तुति रहने छ ।
चितवनकै ठूलो कन्सर्टको रुपमा लिइएको यस इन्भेन्टको लागि तयारी भइरहेको आयोजकले जनाएको छ । बलिउडका चर्चित पाश्र्व गायक तथा संगीत निर्देशक अंकित तिवारीसँगै सो कार्यक्रममा डिजे, स्थानीय गायक, ब्रोहुड व्यान्ड तथा नेपाली कथानक चलचित्र रोमियोका कलाकारहरु नीशा अधिकारीलगायतको प्रस्तुति रहने पत्रकार सम्मेलनमा जनाइएको छ । दुई हजार, एक हजार र पाच सय रूपैयाँको टिकट दर तोकिएको सो इभेन्टमा सुरक्षाको लागि सीसीटीभी क्यामरा र फ्रि वाइफाइको पनि व्यवस्था गरिएको झा ले बताएका छन् ।
कन्सर्टको लागि वैष्णव मिष्ठान भण्डार, फुटकोर्ट, चुल्होलगायतका स्थानबाट टिकट लिन सकिने व्यवस्था रहेको छ । भव्य र सभ्यरुपमा आयोजना गर्न लागिएको इभेन्टसका लागि करिब २० लाख खर्च हुने आयोजकले जनाएको छ ।

 

Comments

About the author

चितवन पोष्ट