गृह » खैरहनीमा रंगोली प्रतियोगिता
कला समाचार समाज

खैरहनीमा रंगोली प्रतियोगिता

रत्ननगर । दीपावलीको अवसर पारेर पूर्वी चितवनको खैरहनीमा मंगलबार रंगोली प्रतियोगिता गरिएको छ ।
विजनेस लहर साप्ताहिक पत्रिकाले आयोजना गरेको प्रतियोगितामा खैरहनी नगरपालिकाभित्रका १० वटा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले लक्ष्मी पूजाको दिन लक्ष्मी भित्र्याउन घरको आगनमा बनाउने आर्कषक रंगोली बनाएका थिए । प्रतियोगितामा ग्लोसाइन एकाडेमी प्रथम, मोर्डन इङ्लिस बोडिङ स्कुल द्वितीय, मदरल्याण्ड एकाडेमी तृतीय र ज्ञानसुधा इङ्लीस स्कुल सान्त्वना भएको पत्रिकाका प्रकाशक रामेश्वर रिजालले जानकारी दिए ।
संस्कृति र कला संरक्षण गर्ने उद्देश्यका साथ विद्यालयस्तरीय रंगोली प्रतियोगिता आयोजना गरिएको रिजालले बताए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले प्रमाणपत्र, सिल्ड र स्टेशनरी वितरण गरियो ।
प्रतियोगिताको निर्णायकमा समाजसेवी मुरलीप्रसाद गजुरेल, पत्रकार होमनाथ सापकोटा, ध्रुवराज खनाल, विकास पौडेल र शिक्षकहरु सुमन कडरिया, नवराज ढकाल रहेका थिए । वडा नं ६ का वडाध्यक्ष तथा निमित्त मेयर रामशरण पाण्डे प्रमुख अतिथि रहेको कार्यक्रममा खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत टेकरान निरौला, सुकृपा कपी उद्योगका सञ्चालक सुशील विसुराल, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट, नेकपा एमालेका जिल्ला सदस्य दुर्गा अर्याललगायतले मन्तव्य राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट