गृह » ‘बाटो निर्माण प्रभावकारी बनाऊ’
समाचार समाज

‘बाटो निर्माण प्रभावकारी बनाऊ’

माडी । नमुना बाटो निर्माण कार्यलाई गुणस्तरीय र प्रभावकारी बनाउन माडी नगरपालिकाकी नगरउपप्रमुख ताराकुमारी काजी महतोले आग्रह गरेकी छन् । उनले हालको लागत रकमलाई वृद्धि गरेर भए पनि नमुना सडकलाई स्तरीय बनाउनु पर्नेमा जोड दिइन् ।
ग्रामीण सञ्चार सञ्जाल माडीद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै महतोले निर्माण भइरहेको बाटो र नालामा समस्या देखिएको गुनासो गरिन् । कार्यक्रममा निर्माण कार्यसम्पन्न गर्नका लागि जिम्मा लिइएको बीएल कन्ट्रक्सन प्रालिले ७६ लाख ६ हजार ६५९ रुपैयाँमा ठेक्का लिएर काम गरिरहेको छ । निर्माण कार्यमा कुनै पनि कमसल सामग्री र अनियमितता नगरिएको ठेकदार पक्षले दाबी गरेको छ ।
कार्यक्रममा माडी नगरपालिका वडा नं ३ का वडाध्यक्ष पुरन महतो, नेपाली कांग्रेसका जिल्ला सदस्य शोभाखर चापागाईं, सडक निर्माण कम्पनीका प्रतिनिधि देवेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सूर्यप्रसाद पाठकको अध्यक्षतामा भएको थियो ।

 

Comments

About the author

चितवन पोष्ट