गृह » फस्टाउँदै स्क्रिन प्रिन्ट व्यवसाय
समाचार समाज

फस्टाउँदै स्क्रिन प्रिन्ट व्यवसाय

नारायणगढ । चितवनमा स्क्रिन प्रिन्ट व्यवसाय फस्टाउन थालेको छ । गत साउन महिनाको १ र २ गरि दुईदिने प्रदर्शनी आयोजना गरिएपछि स्क्रिन प्रिन्टको व्यवसाय फस्टाउन थालेको स्क्रिन प्रिन्ट नेपाल चितवनले जनाएको छ ।
साउनमा भएको दुईदिने प्रदर्शनीपछि मात्रै प्रदर्शनीबाट सीप सिकेका १५ जनाले व्यावसायिक रुपमै काम सुरू गरिसकेका छन् । तीमध्ये पनि जिल्लामा सातवटा गार्मेन्टले आफैँले व्यवसाय सुरू गरेको स्क्रिन प्रिन्ट नेपालका अध्यक्ष प्रभात ढुंगानाले जानकारी दिए । नारायणगढमा भएको दुईदिने प्रदर्शनीबाट २० जनाले सीप सिकेका थिए, उनले भने, ‘जसमध्ये १५ जनाले व्यवसाय नै थालिसके । नेपालमै पहिलोपटक आयोजना गरेको प्रदर्शनी पनि फलदायी भएको उनको निष्कर्ष छ ।
‘हिजो अन्यन्त्रै छापेर बेच्ने गार्मेण्टले अहिले आफैँ छाप्न थालेका छन्’, उनले भने । तर, अझै पनि उपभोक्ताहरुलाई पूर्णरूपमा जानकारी दिन नसकिएको उनको भनाइ छ । अध्यक्ष ढुंगानाका अनुसार अहिले देशभरका २२ वटा जिल्लाले संस्थाको सदस्यता लिइसकेका छन् ।
चितवन जिल्लामा मात्रै ४० जनाले संस्थाको सदस्यता लिइसकेको उनले बताए । देशका अन्य जिल्लाहरुबाट पनि सदस्यता लिन चाहिरहेको अध्यक्ष ढुंगानाले बताए । परिवर्तित समयअनुसार नयाँ–नयाँ प्रविधि भित्रिँदै गएकोले वर्तमान जनताले छिटो, राम्रो र सजिलो विधि अपनाउन थालेकोले पनि स्क्रिन प्रिन्ट व्यवसाय राम्रो हुँदै गएको अध्यक्ष ढुंगानाले बताए ।
अहिलेसम्म नेपालमा स्क्रिन प्रिन्ट व्यवसायको लागि आवश्यक मेसिन र केमिकल भारतबाट मात्रै आयात भइरहेकोले आगामी दिनमा चीनबाट सीधै नेपाल भित्र्याउने प्रयास भइरहेको उनले बताए । भारतबाट भन्दा चीनबाट आएको सामान सस्तो पर्ने भएकोले उपभोक्तालाई यसको मूल्य पनि सस्तो पर्न जाने उनले दाबी गरे ।

 

Comments

About the author

चितवन पोष्ट