गृह » पाँच अभियुक्त सार्वजनिक
समाचार समाज

पाँच अभियुक्त सार्वजनिक

केशव अधिकारी
धादिङ । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा धादिङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
हत्या, लागुऔषध ओसारपसार र बलात्कारजस्ता गम्भीर प्रकृतिका आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनालाई बुधबार जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको हो ।
जिल्लामा आपराधिक क्रियाकलापहरु बढ्दै जान थालेपछि जिल्लाभरका सुरक्षा निकायलाई सक्रिय बनाई चाडपर्वलक्षित सुरक्षा रणनीति लागू गरी विभिन्न अपराधमा संलग्न रहेको आरोप लागेकाहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राउ पर्नेहरुमा लागुऔषध गाँजाको कारोबारमा संलग्न तनहुँको आँबुखैरेनी गाँउपालिका–९ बस्ने कुलबहादुर गुरुङ, सोही ठाउँका सरस्वती गुरुङ र चितवन जिल्ला इच्छाकामना गाउँपालिका निवासी–२४ वर्षीय किसन गुरुङ रहेका छन् ।
त्यसैगरी, १५ वर्षीया किशोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका मकवानपुरका १८ वर्षीय शुक्र लोप्चन बालक हत्याको अभियोग लागेका धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका बस्ने–२५ वर्षीय आशमान तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
तामाङ्गले ३ दिनअघिमात्रै बेनीघाट रोराङ्ग गाउँपालिका ब्रुम्दीका पाँच वर्षीय बालक विजय तामाङ्गलाई मुङ्ग्राले हानी हत्या गरेको पुष्टि भएको पनि प्रहरीले जनाएको छ । यसैगरी, असोज २१ गते जिल्लाकै सिद्धलेक गाउँपालिका वडा नं ७ का रामशरण सेढाईंको घरबाट तास खेलिरहेको अवस्थामा नौ जनालाई दुई लाख नगद पक्राउ गरी सबैलाई जिल्ला अदालत धादिङबाट म्याद थप गराई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Comments

About the author

चितवन पोष्ट