गृह » वैद्य माओवादी चुनावमा जाने, नजानेमा मतभेद
राजनीति

वैद्य माओवादी चुनावमा जाने, नजानेमा मतभेद

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) को राष्टिय सम्मेलन बिहीबारसम्मका लागि लम्बिएको छ ।
संघीय र प्रदेशसभामा निर्वाचनको उपयोग गर्ने या बहिस्कार गर्ने या निर्वाचनको उपयोग गरे कसरी सहभागी हुने भन्ने विषयमा कुरा नमिलेपछि सम्मेलन बिहीबारसम्मका लागि लम्बिएको हो ।
२१ गतेदेखि सुरू भएको सम्मेलन बुधबार सक्ने तयारी रहे पनि सम्मेलनमा सहभागी प्रतिनिधिहरुको मत विपरीत निर्वाचनको उपयोग गर्ने गरी हलमा पेस भएपछि प्रतिनिधिहरुले त्यसको प्रतिवाद गरेका थिए ।
पार्टीको नामबाट क्रान्तिकारी हटाउने, निर्वाचन बहिस्कार गर्ने प्रतिनिधिको मत विपरीत नेतृत्व गएको भन्दै प्रतिनिधिहरुले विरोध गरेका थिए । त्यसपछि आधा घण्टाका लागि बन्द शत्र स्थगित गरिए पनि स्थायी समितिमा छलफल लम्बिएपछि बुधबार बन्द सत्र हुने सकेन । बन्द शत्र बिहीबार बिहान पुन बस्ने गरी टुंग्याएको छ ।
स्रोतका अनुसार सचिवालयमा पार्टीको नाम नेकपा (क्रान्तिकारी माओवादी) नै राख्ने सहमति भएको छ । त्यस्तै निर्वाचनको उपयोग गरे सम्मेलनका प्रतिनिधिको माग अनुसारको बीचबाटोबाट निकास निस्कने गरी केन्द्रीय पदाधिकारीहरु समेत निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दिने गरी निकास निकालिने तयारी भएको छ ।
पार्टीमा सचिवालय पदाधिकारी र केन्द्रीय समितिको संख्या घटाएर सानो गराउने र पार्टीलाई महासचिव प्रणालीमा लैजाने गरी तयारी भएको सम्मेलनमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
राम सिंको फरक मत रिजर्भेसनमा
नेकपा (क्रान्तिकारी माओवादी) का सचिवालय सदस्य राम सिं श्रीसको फरक मत सम्मेलनमा प्रतिनिधिहरुबीच अल्पमतमा परेपछि तत्कालका लागि रिजर्भेसनमा राखिएको छ । बुधबार बिहान बसेको सचिवालयपछि करिब एक घण्टासम्म सञ्चालनमा आएको बन्द शत्रमा बोल्दै राम सिंले आफ्नो फरक मत रिजर्भेसन गरेको बताएका थिए ।
श्रीसले आफ्नो फरक मत रिजर्भेसनमा राखेको बताए पनि अध्यक्ष मोहन वैद्य ‘किरण’ले भने फिर्ता लिएको भन्दै श्रीसको कदमको स्वागत गरेका थिए । सम्मेलनमा सहभागी प्रतिनिधिहरुले भने फरक मतलाई रिजर्भेसनमा नराखी फिर्ता लिनु पर्नेमा जोड दिएका थिए ।

 

Comments

About the author

चितवन पोष्ट