गृह » २६ असोजदेखि भलिबल प्रतियोगिता
खेलकुद

२६ असोजदेखि भलिबल प्रतियोगिता

भरतपुर । भरतपुर महानगर–१३ चम्पानगरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
स्थानीय हिमाल युवा क्लबले दोस्रो वातावरणमैत्री राइनोकप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जनाएकोे हो । असोज २६ गते बिहीबारदेखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा जिल्लाका कुल १६ टिमको सहभागिता रहने क्लबका अध्यक्ष केशव देवकोटाले बताए । खेल हिमालय दण्डपाणि मावि चम्पानगरमा आयोजना हुनेछ ।
अघिल्लो वर्ष पनि यस क्लबले भलिबल प्रतियोगिता आयोजना गरेको थियो । ‘प्रगतिको लागि युवा शक्ति, खेल विकासको लागि युवा शक्ति’ भन्ने नाराका साथ प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा विजेता हुने टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै उपविजेता टिमले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र सान्त्वना हुने दुईवटा टिमले नगद १० हजार प्राप्त गर्ने क्लबका अध्यक्ष देवकोटाले बताए । खेल सम्पन्न गर्न करिब ८ लाख २० हजारको लाग्ने अनुमान आयोजकले गरेको छ । क्लबका सल्लाहकार खिलराज रेग्मी, खेल संयोजक रामहरि ढकाल, प्रचारप्रसार संयोजक विवेक पोख्रेललगायतले खेलको विषयमा जानकारी गराएका थिए ।

 

Comments

About the author

चितवन पोष्ट